मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी उत्पादनमा स्थानीय प्रतियोगिता आवश्यक र प्रभावकारी हुने बताउनुभएको छ । बिहीबार हेटौंडा–९ मा आयोजित टोलविकास स्तरीय “एट ए” फुटबल प्रतियोगिताको समापन कार्यक्रममा उहाँले खेलाडी उत्पादका लागि स्थानीय स्तरमा खेलकुद प्रतियोगिता आयोजना गर्नुपर्ने बताउनुभएको हो ।
प्रमुख खुलालले खेलकुदको माध्यमबाट पनि समृद्धि हासिल गर्न सकिने भन्दै खेलकुदका माध्मबाट समुदायलाई एकताबद्ध बनाउन समेत सकिने बताउनुभयो । उहाँले एकताको बलमा समुन्नत समाज र समुन्नत समाजबाट समृद्धि हासिल गर्न सकने हुँदा खेलकुद समुदाय र राष्ट्रका लागि महत्वपूर्ण भएको बताउनुभयो । खेलकुदका माध्यमबाट युवालाई सामाजिक हितका कार्यमा डो¥याउन सकिने उहाँको भनाई थियो ।
९ नम्बर वडाका २४ वटा टोल विकास संस्था मध्ये १७ वटा टोल विकासका १८ वटा टीमको सहभागिता रहेको प्रतियोगितामा शान्तिचोक टोलविकास संस्था “ए” ले उपाधि हात पारेको छ । कुष्माण्ड टोलविकासलाई शुन्यका बिरुद्ध एक गोल गर्दै शान्तिचोकले उपाधि कब्जा गरेको हो । शान्तिचोकका तर्फबाट खेलको १९ औं मिनेटमा जर्सी नम्बर ६ का शिव स्याङतानले गरेको गोल नै निर्णयक बनेको थियो । प्रतियोगितामा बिजेताले नगद ३० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र र उपबिजेता कुष्माण्ड टोल विकासले नगद १५ हजारसहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । भने तेस्रो हुने मिलन टोल विकास संस्थाले नगर ५ हजार सहत शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त ग¥यो । प्रतियोगितामा बिजेताहरुलाई प्रमुख अतिथि खुलाल, ९ नम्बर वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, वडासदस्य सुकराम केसी, लक्ष्मी नेपालीलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।