विश्वका नम्बर वान अर्वपति एलन मस्कको कम्पनी स्पेस एक्सले स्याटेलाइट प्रक्षेपणको क्षेत्रमा समेत नयाँ कीर्तिमान कायम गरेको छ । स्पेस एक्सको फाल्कन नाइन रकेटमा हालेर एकसाथ १४३ वटा स्याटेलाइट पृथ्वीको कक्षमा प्रक्षेपण गरिएको हो । आइतबार भएको उक्त प्रक्षेपण एकसाथ सबैभन्दा धेरै स्याटेलाइट प्रक्षेपणको रेकर्ड भएको बताइएको छ ।
ट्रान्सपोर्टर वान नामक उक्त मिसनमा स्पेस एक्सको स्टार लिंक इन्टरनेट नेटवर्कका १० वटा स्याटेलाइट छन् । त्यस्तै अन्य स्याटेलाइटहरु विभिन्न कम्पनीका रहेका छन् । यस्तै यसअघि एकसाथ सर्वाधिक रकेट प्रक्षेपणको कीर्तिमान पीएसएलभी नामक भारतीय रकेटको नाममा थियो । उक्त रकेटबाट सन् २०१७ मा एकसाथ १०४ वटा रकेट प्रक्षेपण गरिएको थियो । स्पेस एक्स कम्पनीले सन् २०१९ मा घोषणा गरेको राइड सेयर कार्यक्रम अन्तरगत ट्रान्सपोर्टर वान मिसन पहिलो हो । त्यस बखत कम्पनीले आफ्नो फाल्कन ९ रकेट ठूलो संख्यामा स-साना स्याटेलाइट अर्थात् स्मल स्याट प्रक्षेपणमा प्रयोग हुने जनाएको थियो । पछिल्ला वर्षहरुमा स्मल स्याटको लोकप्रियता बढिरहेको छ । ती साना स्याटेलाइटहरु स्मार्टफोन देखि रेफ्रिजेरेटको आकार सम्मको हुन्छन् ।
एजेन्सी