मकवानपुर– बागमती प्रदेश सरकारले हाल सम्म गरेका विभिन्न गतिविधि समेटेर तयार गरीएको “ बागमती प्रदेश बिकास दर्पण” नामक पुस्तक मंगलबार सार्बजनिक गरिएको छ । प्रदेशका विभिन्न मन्त्रालयबाट सम्पादित विभिन्न काम तथा योजनाहरु समेटिएर तयार पारिएको “बागमती प्रदेश विकास दर्पण” नामकको आज मुख्यमन्त्री डोरमणि पौडेलले सार्वजनीक गर्नुभएको हो । पुस्तक सार्वजनीक गर्नुहुँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको बताउनुभएको छ । उहाँले विकासका योजना निर्माण र कार्यान्वयन, सुशासन कायम, आर्थिक विकासलगायत सबै प्रकारका सूचकहरुमा प्रदेश अगाडि रहेको बताउनुभयो ।

( “बागमती प्रदेश बिकास दर्पण” काे पूर्ण विवरण )