सर्वाेच्च अदालतको संबैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदन माथिको बहस आज पनि जारी छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदन माथिको अन्तिम सुनवाईमा रिट निवेदकका तर्फबाट कानुन व्यवसायीहरुले बहस गरिरहनुभएको छ ।

आजको सुनवाईमा अधिवक्ता टीकाराम भट्टराई, ओमप्रकाश अर्याल, रिट निवेदक समृद्ध खरेल लगायतले बहस गर्नुभएको छ । संबैधानिक इजलासमा भइरहेको आजको वहस पनि बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघठन गर्ने विषयले बैधानिकता पाउने कि नपाउने भन्ने विषयमा नै केन्द्रित रहेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले सो रिटमा आइतबारदेखि निरन्तर सुनुवाई गरिरहेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनमा सर्वाेच्च अदालतको संबैधानिक इजलासमा एकसाथ सुनुवाई भइरहेको छ ।