नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले सोमबार (आज) राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रूपैयाँका दरले मूल्य बृद्धि गरेको हो । योसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैंया पुगेको छ, भने डिजेल र मट्टीतेलको मूल्य ९३\९३ रुपैयाँ पुगेको छ । हवाई ईन्धन र एलपी ग्याँसमा भने मूल्य यथावत रहेको निगमले जनाएको छ ।