प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आजको सुनुवाइ सुरु भएको छ । प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै अधिवक्ता सन्तोष भण्डारीले दिएको रिटमा आइतबार बहस नसकिएपछि हेर्दा–हेर्दैमा आज पुनः सुनुवाई सुरु गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले आइतबारदेखि सो रिटमा अन्तिम सुनुवाइ सुरु गरेको थियो । आइतबार रिट निवेदक सन्तोष भण्डारीका तर्फबाट अधिवक्ताहरू भीमार्जुन आचार्य, सुनीलकुमार पोखरेल र गिरिराज भट्टले बहस गर्नुभएको थियो । बहसमा रिट निवेदक तर्फका कानुन व्यवसायीले संसदीय प्रक्रिया र संवैधाननिक व्यवस्था भन्दा बाहिरबाट प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने कदम असंवैधानिक भएको भन्दै निवेदकको माग दाबी अनुसार संसद् पुर्नस्थापना हुनुपर्ने माग गरिरहनुभएको छ । आज पनि रिट निवेदक भण्डारीकै तर्फबाट कानुन व्यवसायीले बहस जारी राख्नुभएको छ ।