मकवानपुर– छैठौं राष्ट्रिय योग दिवसको अवसरमा शनिबार हेटौंडामा आयोजित रक्तदान कार्यक्रममा २७ जनाले रत्तलदान गरेका छन् । पतन्जली योग जिल्ला समिती मकवानपुर र नेपाल रेडक्रस सोसाइटी उपशाखाको संयुक्त आयोजनामा हेटौंडा–४ स्थित भुवनेश्वर पशुपति मन्दिर परिसरमा भएको रक्तदान कार्यक्रममा रक्तदान गरेका हुन् ।

रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले रक्तदातालाई व्लडव्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा योग गुरु स्वामी आनन्द विनोद, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ पाण्डे, पतञ्जली योग समितिको युवा, महिला, नगर तथा ग्राम समितिका पदाधिकारीको पनि सहभागिता रहेको थियो । योग दिवसकै अवसरमा शनिबार बिहान योगाभ्यास एवम् योगको महत्वका बारेमा प्रवचन कार्यक्रम समेत भएको पतञ्जली योग समिति मकवानपुरका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभएको छ ।