नेपाल प्रहरीका ३० जना एसपीको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको पुस २१ गतेको निर्णयानुसार उनीहरुको सरुवा भएको हो । प्रहरी प्रधान कार्यालयका नक्सालका अनुसार माघ महिनादेखिको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको हो ।
यसैबिच मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सुसिलसिंह राठौरको पनि सरूवा भएको छ । राठौरको काठमाडौंस्थित महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखा रानीपोखरी सरूवा भएको छ । भने, उहाँको ठाउँमा मकवानपुरमा सोमेन्द्रसिंह राठौर आउनुहुने भएको छ । उहाँको महानगरीय प्रहरी परिसर काठमाडौंबाट मकवानपुर सरूवा भएको हो ।
सरुवा भएका एसपीहरूकाे विवरण यस्ताे छ ।



