मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरमा सुचना तथा गुनासो सुन्ने अधिकारी तोकिएको छ । जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले जिससका शाखा अधिकृत भीमलाल महर्जनलाई सुचना अधिकारी एवम् गुनासो सुन्ने अधिकारीको जिम्मेवारी दिएको हो । यस्तै बैठकले कार्यालयलाई चुस्त दुरुस्त राख्न कार्यालयका अन्य कर्मचारीहरुलाई समेत विभिन्न जिम्मेवारी प्रदान गरेको छ । साथै बैठकले जिससमा गुनासाे पेटीका राख्ने निर्णाय समेत गरेकाे छ ।