भारत र अस्ट्रेलियाबीच तेस्रो टेस्टका लागि सिड्नी क्रिकेट मैदानमा दशर्कको क्षमता घटाएर २५ प्रतिशत तोकिएको छ । सिड्नीमा क्रिसमसअघि कोरोना भाइरस सङ्क्रमणको दरमा वृद्धि भएपछि यस्तो निर्णय गरिएको हो । दर्शकको सङ्ख्या घटाएपछि खेलको टिकट नयाँ ‘सोशल डिस्टेन्सिङ’ निर्देशनअनुसार फेरि जारी गरिनेछ । यो स्टेडियमको क्षमता ४८ हजार छ र पहिला यसको ५० प्रतिशत क्षमता प्रयोग गरिने योजना थियो, जसलाई अहिले अझै घटाइएको हो । चार खेलको टेस्ट शृङ्खलामा अहिलेसम्म दुवै टिम एक–एकको बराबरीमा छन् । तेस्रो टेस्ट जनवरी ७ तारिखदेखि सुरु हुँदैछ ।