8 July 2015; The Irish launch of the ICC World Twenty20 Qualifier that is being co-hosted by Ireland and Scotland from July 9 - 26. Ireland's first game is on July 10th in Stormont, Belfast. The captains are pictured with the ICC World Twenty20 Trophy for India 2016 that 6 teams will qualify for from the Qualifier in Ireland and Scotland. In attendance at the launch is Nepal captain Paras Khadka. Titanic Visitor Centre, Titanic Quarter, Belfast, Co. Antrim. Picture credit: Oliver McVeigh / ICC / SPORTSFILE (Photo by Sportsfile/Corbis/Sportsfile via Getty Images)

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का कोरोनामुक्त भएका छन् । कोरोना सङ्क्रमित भएको २५ दिनपछि आफू निको भएको पारसले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन् । यसबीचमा धेरै पटक पीसीआर परीक्षण गरिएको उनले बताएका छन् । पारसले आफ्ना समर्थक, प्रशंसक, परिवार, साथी, डाक्टर र आफ्ना पत्नीलाई पनि धन्यवाद भनेका छन् । साथै उनले आफू सन् २०२१ का लागि तयार भएको बताएका छन् ।