मकवानपुर– मकवानपुरको हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी र बकैया गाउँपालिकामा निर्माणधीन विद्यालयहरुको अनुगमन गरिएको छ । २०७२ सालको भुकम्पका कारण क्षती भएर निर्माणधीन विद्यालयहरुको विहीबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाललगायतको टोलीले स्थलगत अनुगमन गर्नुभएको हो ।

टोलीले विद्यालयको निर्माणको अवस्था, निर्माण सामग्रीको उपलब्धता, आइपरेका समस्या तथा समयसिमाका बारेमा जानकारी दिनुका साथै विद्यालयहरुको समग्र प्रगतिका बारेमा स्थलगत अनुगमन गर्नुभएको हो । उहाँहरुले हेटौंडा उपमहानगरपालिका–६,चौघडा स्थित वंशगोपाल मावि, मकवानपुरगढी गाउँपालिका स्थित वंशगोपाल मावि र हेमकर्ण निमावि तथा बकैया गाउँपालिका–११ स्थित कालिदेवी निमावि र कान्ति मावि ठिङ्गनको स्थलगत निरिक्षण÷अवलोकन गर्नुभएको हो ।

अनुगमनका क्रममा जिसस प्रमुख खुलालले विद्यालयको निर्माण प्रगति सन्तोषजनक रहेको बताउनुभयो । उहाँले सम्पूर्ण विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरुलाई तोकिएको समयसिमा भित्र निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको भुकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला अयोजना कार्यान्वयन ईकाई (शिक्षा) का प्रमुख बद्री बहादुर पाठकले जानकारी दिनुभयो ।
त्यस्तै अनुगमन टोलीले उक्त क्षेत्रमा पर्ने प्रहरी चौकीहरुको समेत निरिक्षण गरेको थियो । प्रहरी चौकीहरुको निरिक्षणका क्रममा सेवाको अवस्था, समस्या लगायतका विषयमा प्रमुख जिल्ला अधिकारी रिजाल र मकवानपुरका प्रहरी प्रमुख सुशिल सिंह राठौरले जानकारी समेत लिनुभएको थियो । उहाँहरुले स्थानीय जनप्रतिनिधिहरुसंग पनि शान्ति सुरक्षाका बारेमा जानकारी लिनुभएको थियो ।

यस्तै टालीले मकवानपुरगढी गाउँपालिकाको समग्र सुरक्षा अवस्था, व्यक्तिगत घटना दर्ता प्रणाली, सामाजिक सुरक्षा भक्ता वितरण, विकास निर्माणको अवस्थालगायत विषयमा गाउँपालिकासंग जानकारी लिनुभएको थियो । टोलीलाई मकवानपुरगढी गाउँपलिकाका अध्यक्ष विदुर हुमागाई, उपाध्यक्ष हर्ममाया रुम्वा, प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीलगायतले समग्र अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । टोलीमा सशस्त्र प्रहरी बल १४ नम्बर गणका सशस्त्र प्रहरी उपरिक्षक निरकृष्ण अधिकारी, राष्ट्रिय अनुसंधान कार्यालयका उप अनुसन्धान निर्देशक लीलाधर पौडेल, जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का इन्जिनियर दिनेशकुमार यादव, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलालगायतको सहभागिता थियो । लगायतको सहभागिता थियो ।