कोरोना भाईरसको संक्रमणबाट आज १ हजार ६ सय २१ जना निको भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तथ्याङ्क अनुसार हाल कुल संक्रमित मध्ये ९४ दशमलव १ प्रतिशत निको भएका छन् ।
आज थप १ हजार ३ सय ८२ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । देशभर ८ हजार ९ सय ४७ वटा पिसिआर परिक्षण गर्दा ८ सय ३६ पुरुष र ५ सय ४६ महिलामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना भाईरसबाट संक्रमित हुनको कूल संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको छ ।
कोरोना भाईरसका १२ हजार ६ सय ८६ जना संक्रिय संक्रमित मध्ये ८ हजार ४७ जना होम आईसोलेसनमा छन भने बाँकी ४ हजार ६ सय ३९ जना संस्थागत आईसोलेसनमा रहेका छन् । यस्तै गम्भीर लक्षण भएका ३ सय ५४ जना को आई. सी. यू मा उपचार भइरहेको छ भने ५८ जनाको भेण्टिलेटरमा राखेर उपचार भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण आज थप २३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमण मृत्यु हुनेको संख्या १ हजार ६ सय ३७ पुगेको छ ।