हेटाैंडा– नेपालमा मंगलबार दिउसो भुकम्पको गएको छ । दिउँसो ४ बजेर २९ मिनेटमा धादिङको छत्रे देउराली केन्द्रबिन्दु बनाएर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पको महसुस धादिङ र आसपासका जिल्लामा भूकम्पको महसुस गरिएको छ । यसअघि सोमबार पनि ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर भूकम्पको महसुस गरिएको थियो । ताप्लेजुङ केन्द्रबिन्दु भएको भुकम्प ४ दशमलव ९ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ ।