इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो क्वालिफायरमा अहिले दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स खेलिरहेका छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको खेलमा टस जितेको दिल्लीले पहिले बलिङ गरिरहेको छ । यो खेल जित्ने टिम सिधै फाइनलमा पुग्नेछ भने हार्ने टिमले एउटा अर्काे मौका पाउनेछ । यस सिजनमा दिल्लीले मुम्बईलाई हराउन सकेको छैन ।
यसैबीच दिल्लीमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध भए पनि उनले एक पटक पनि मौका पाएका छैनन् । यो खेलमा हार व्यहोर्ने टिमले शुक्रबार हुने सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेङ्ग्लोरबीचको विजेतासँग खेल्नेछ । आजकाे खेलमा दिल्लीको प्लेइङ ११ मा पृथ्वी शा, शिखर धावन, अजिन्क्या रहाणे, श्रेयस अय्यर, रिषभ पन्त, मार्कस स्टोइनिस, ड्यानियल साम्स, अक्षर पटेल, रविचन्द्रन अश्विन, कागिसो रबाडा र एनरिच नोर्त्जे रहेका छन् भने मुम्बईको प्लेइङ ११ मा रोहित शर्मा, क्विन्टन डी कक, सूर्यकुमार यादव, इशान किशन, हार्दिक पाण्डेया, कायरन पोलार्ड, क्रुनल पाण्डेया, नाथन कल्टर नायल, राहुल चाहर, ट्रेन्ट बोल्ट र जसप्रित बुमराह रहेका छन् ।