मकवानपुर– मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले घर परिवारका सदस्य बीचमा मात्र दशै मनाउन आग्रह गरेको छ । गाउँपालिकाले सार्वजनीक सुचना जारी गर्दे कोरोना भाइरसको जोखि कायमै रहेकोले यस वर्षको दशैंमा आफन्तकोमा टिका लगाउन नजान गाउँपालिकाबासीलाई आग्रह गरेको छ ।
गाउँपालिकाको स्थानीय विपद व्यवस्थापन समितिको बैठकले आफन्तकोमा गएर टिका लगाउने र आफन्तलाई टिका लगाउनका लागि आमन्त्रण गर्ने कार्य नगर्न सुचना जारी गरेको छ । गाउँपालिकाले मंगलबार जारी गरेको सूचनामा भनिएको छ–‘विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण जोखिम उच्च हुँदै गएकोले दशैँ तथा तिहार घरमै बसी मनाउनु हुन, आफन्तजनलाई आमन्त्रण नगराउनु हुन तथा टिका थाप्ने प्रयोजनका लागि यसबर्षलाई आफन्तजनहरुकोमा जाने काम नगर्नु नगराउनु हुन त उच्च सतर्कताका साथ चाडपर्व मनाउनुहुन समस्त गाउँपलिकाबासीहरुलाई हार्दिक अनुरोध गर्दछौं ।’
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीद्वारा जारी सूचनामा दशैं तथा तिहार घर परिवारका सदस्य बीच मात्र मनाउन, टिका लगाउने कार्य यस वर्ष नगर्न नगराउन साथै आफ्न्तलाई टिका लगाउन आमन्त्रण नगर्न नगराउन, शक्तिपिठ, मन्दिरहरुमा नियमित पूजा मात्र गर्न गराउन, सार्वजनिक स्थलमा भिडभाड नगर्न, पिङ, लङ्र्गुरबुर्जालगायतका खेलहरु नखेल्न, नखेलाउन, जुवा,तास, ध्रमपान, मध्यपानलगायतका कार्य नगर्न, दशैंमा टिका लगाउने प्रयोजनका लागि हिँड्डुल नगर्न, तिहारमा द्येउसी तथा भैलोको कार्यक्रम आयोजना नगर्न आग्रह गरिएको छ ।