हेटौंडा– हेटौंडा उपमहानगरपालिका ११ नम्वर वडा कार्यलयले कोरोना भाइरसबाट सुरक्षित रहन वडावासीलाई आग्रह गर्दै चार्डपर्व मनाउने सम्बन्धमा निर्देशिका जारी गरेको छ । नजिकिदै गरेको नेपालीहरुको महान चाड विजया दशमी र शुभ दिपावलीको अवसरमा शुभकामना सन्देशसंगै वडा कार्यालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाबाट सुरक्षित रहन आग्रह गरेकाे छ ।
वडा कार्यालयले चाडबाडलाई मर्यादित र व्यवस्थित रुपमा मनाउन स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर चार्डपर्व मनाउने सम्बन्धी निर्देशिका जारी गरेको छ । वडा कार्यालयले महान चाड दशैं , तिहार , छठ पर्व मनाउँदा परम्परागत ढंगबाट भन्दा पनि आ—आफनो घरमा वसेर स्वास्थ्य सुरक्षाको मापदण्डहरु पालना गरेर मनाउन आग्रह गरेको छ । आफन्त , ईष्टमित्रको घरमा नजान र नबोलाउन , मठमन्दिर भिडभाड नगर्न÷नगराउन साथै मन्दिरमा पुजारीले मात्र र अरुले घरमा नै वसेर पुजा गर्न अनुरोध गरेको छ ।
त्यस्तै वडा कार्यालयले तिहारमा देउसिभैलो कार्यक्रम नगर्न÷नगराउन , मादकपदार्थ सेवन नगर्न साथै बेचबिखनसमेत नगर्न र जुवा तास नखेल्न नखेलाउन आग्रह गरेको छ । वडा कार्यालयले चार्डपर्वका अवसरमा शुभकामना तथा चियापानको कार्यक्रम नगर्न , भौतिक दुरी कायम राख्ने र अनिवार्य माक्सको प्रयोग गर्न, कोरोना पोजिटिभ व्यक्ति घर भित्र बसी अनाबश्यक रुपमा घरबाट बाहिर नजान वडा कार्यलयले अनुरोध गर्दै निर्देशिका जारी गरेको छ । रेको छ । निर्देशनको अवज्ञा गरे कानुन बमोजिम कारबाहीको लागि सिफारिस हुने र उक्त नियमहरु ठुलो एकादशि सम्म लागु हुने ११ नम्वर वडाअध्यक्ष गोकर्ण प्रसाद पराजुलीले जानकारी दिनुभयो ।