अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । कप्तान लियोनल मेस्सीको गोलमा शुक्रबार बिहान भएको विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले इक्वेडरमाथि १–० गोलको जित निकालेको हो । अर्जेन्टिनाको जितमा मेस्सीले गरेको गोल नै निर्णायक बन्यो । खेलको १३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई जित दिलाउन सफल भए । अर्जेन्टिनाले पहिलो जित निकाल्दै तालिकामा तीन अंक जोडेको छ । अर्जेन्टिनाले अब ५ दिनपछि बोलिभियाको भ्रमण गर्नेछ । सोही दिन इक्वेडरले उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ ।
एजेन्सी