हेटाैंडा– मकवानपुर प्रहरीले लागूऔषध नाइट्रोभेट ८ सय ७० ट्याबलेट सहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले लागू औषधसहित प्युठान घरभई काठमाण्डौं बस्ने वर्ष १८ का सतिश गमाल मगर र कालिकोट घर भई हाल काठमाण्डौ ३ बस्ने वर्ष १८ का बज्र रोकायालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्रिभुवन राजपथअन्तर्गग प्रहरी चौकी भैसेबाट प्रहरी नायव निरीक्षक कुलबहादुर श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौडाबाट काठमाण्डौंतर्फ जादैँ गरेको बा ९६ प ३२८५ नं को मोटरसाइकललाई रोकी चेकजाँच गर्दा उनीहरुले ल्याएको पछाडिभिर्ने झोला चेकजाँच गर्दा नाईट्रोभेट ८ सय ७० ट्याब्लेट फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लागु औषसहित पक्राउ परेका उनिहरु बिरुद्धमा आवश्यक अनुसंधान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।