कोरोना भाइरसका कारण पछि सरेको अस्कर अवार्डका लागि आवेदन खुल्ला गरिएको छ । अस्कर अवार्डको ९३ औं श्रृङ्खलाको लागि नेपालको अन्तरराष्ट्रिय फिचर फिल्म छनोट समितीले आवेदन खुलाएको हो । असोज १३ गतेदेखि असोज २९ गतेसम्म अस्कर अवाडमा सहभागी हुन चाहने नेपाली चलचित्रकर्मीले आफ्नो चलचित्र आवेदन दिन सक्नेछन् । हरेक बर्ष फ्रेवुअरीमा हुँदै आएको अस्कर अवार्डको ९३ औं श्रृङ्खला भने आउँदो बर्षको अप्रिलमा हुनेछ । यस बर्ष अस्कर अवार्डमा सहभागीताका लागि केही नियम परिवर्तन गरिएको छ ।
अघिल्ला बर्षहरुमा कुनै पनि चलचित्र हलमा रिलिज भएर एक साता हलमा चलेकै हुनुपर्ने नियम थियो । यसपटक भने, प्रदर्शन मिति तोकेर पनि रिलिज हुन नपाएका चलचित्रले सहभागीता जनाउन पाउनेछन् नेपालको अस्कर कमिटीका अध्यक्ष बिमल पौडेलका अनुसार, हलमा रिलिज हुन नपाएका चलचित्रका निर्माताले सरकारबाट मान्यता प्राप्त हलबाट चलचित्र रोकिएको पत्र वुझाउनुपर्नेछ ।

अनलाइनखबर