मकवानपुर– पहिराेका कारण अबरुद्ध भएको मकवानपुरको कैलाश गाउँपालिका जाने सडक मुख्य सडक आजबाट सुचारु भएको छ । विगत केहि दिनदेखिको लगायताको वर्षका कारण पहिरो गई अवरुद्ध बनेको गाउँपालिका प्रवेशको मुख्य सडक आजबाट सुचारु भएको हो ।
गत असोज ५, ६, ७, ८ गते परेको अविरल वर्षाका कारण गाउपालिका प्रवेश गर्ने मुख्य नाका चुनिया–नामटार–कालिकाटार आजबाट सुचारु भएको गाउँपालिका अध्यक्ष टंक मोक्तानले जानकारी दिनुभयो । सडक खण्ड अन्तरगत चुनिया स्थित चौकीडाडा खण्डमा ठूलो पहिरो गई बाटो अवरुद्ध भएको थियो । त्यस्तै पहिरोको कारण छिमेकी भिमफेदी गाउँपालिका वडा नम्बर–२, को पुरानो गाउँ र वडा नम्बर–९, को चान्थाइको १५ घर उच्च जोखिममा परेको समेत उहाँले बताउनुभयो ।