मकवानपुर– कोरोना भाइरसको सक्रमणको जोखिम बढिरहेका बेला हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कार्यालयले सचेतना अभियान सुरु गरेको छ । वडा कार्यालयले आजबाट वडा भित्र अनुगमन गरेर मास्क लागाउन प्रेरीत गर्ने, भिडभाड नगर्न, भौतिक दुरी कायम गर्ने जस्ता सचेतना मुलक अभियान सुरु गरेको हो ।

वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको नेतृत्वमा वडाका जनप्रतिनिधिहरु, टोलविकास संस्था, युवा, समाजसेवी, संचारकर्मी सहितको टोलीले वडाभित्रका नागरिकलाई कम्तीमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नलगाउने तथा भौतिक दुरी कायम गर्न प्रेरीत गर्ने, अभियान सुरुवात गरेको हो ।

सामान्यतः मानिसहरुले मास्क लगाउन झ्याउ मान्ने, लगाउन अटेरी गर्ने, भिडभाड गर्ने, अतिआवश्यक सामग्री खरिद गर्ने र बिक्री गर्नेले अनिवार्य मास्क प्रयोग नगर्ने गरेका कारण समाजमा कोरोना संक्रमण बढ्दै गएको भन्दै जनचेतनाका लागि अभियान सुरु गरिएको वडा अध्यक्ष भण्डारीले बताउनुभयो । सर्वसाधारणलाई सचेत गराउने गरि मास्क लगाउनु अनिवार्य भएको भन्दै अभियान सुरु गरिएको उहाँले बताउनुभयो ।

आज पहिलो दिन ९ नम्बर वडा स्थित पुर्वपश्चिम राजमार्गको छेउमा सञ्चालित अति आवश्यक सामग्रीका पसलहरुमा अनिवार्य मास्कको प्रयोग भए÷नभएको बारे आनुगमन गरिएको साथै । अतिआवश्यक सामग्रीका पसल बाहेक अन्य पसल सञ्चालन नगर्न तथा खरिद बिक्री गर्नेले मास्कको अनिवार्य प्रयोग गर्न सचेत गराईएको उहाँले बताउनुभयो ।

कोरोना संक्रमितको दर बढ्नुको मुल कारण हेलचेक्राईका साथ मास्क नलगाई हिडडुल गर्ने, स्यानिटाईजर प्रयोग नगर्ने र सामाजिक दुरी कायम नगर्नु भएको जनस्वास्थयको पनि निश्कर्ष भएकोले सचेतना फैलाउन अभियान सुरु गरिएको उहाँले बताउनुभयो । समुदायमा कोरोना संक्रमण बढ्दै गएकाले आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह समेत गर्नुभएको छ ।