इङ्गलिस प्रिमियर लिग फुटबलमा ब्राइटन बिरुद्ध म्यान्चेस्टर युनाइटेड बिजयी भएको छ । खेलको अन्तिम मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै युनाईटेड ३–२ ले बिजयी भएको हो । अन्तिम मिनेट सम्म २–१ ले अघि रहेको म्यान्चेस्टर युनाइटेड बिरुद्ध ९५ औं मिनेटमा ब्राइटनका मार्चले गोल गरेर खेल २–२ को बराबरीमा पुर्याएका थिए । तर अन्तिम सेकेन्डमा युनाइटेडका खेलाडीले हानेको बल ब्राइटनका खेलाडीको हातमा लागेपछि पाएकाे पेनाल्टीलाइ युनाइटेडका ब्रुनो फर्नान्डेजले गोल गरेर खेल ३–२ गोलले जिताएका हुन । युनाइटेडको जितमा ब्राइटनका लेविस डंकले आत्मघाती गोल गरे भने मार्कुस रास्फोर्ड एक गोल गरेका थिए ।