सरकारले सुरक्षित गर्भपतन अपराध नभइ महिलाको प्रजनन अधिकार भएको जनाएको छ । नेपालमा सुरक्षित गर्भपतन सेवा तथा यसको कानुनी अवस्थाका बारेमा ४१ प्रतिशत महिलालाई मात्र जानकारी रहेको र ४२ प्रतिशत महिलाले मात्र सेवा उपयोग गरिरहेको भन्दै सुरक्षित गर्भपतन प्रजनन अधिकार हो भन्ने जानकारी सबैलाई हुनुपर्ने सरकारको भनाइ छ ।
परिवार कल्याण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत निशा जोशीले सुरक्षित गर्भपतनका कारण मातृ मृत्युमा समेत प्रभाव पार्ने भएकोले यसलाई सबैको पहुँचमा पुर्‍याउनुपर्ने बताउनुभयो । असुरक्षित गर्भपतनका कारण धेरैले ज्यान गुमाउने भएकोले सुरक्षित गर्भपतन सेवा सबैको पहुँच र जानकारीमा हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले अहिले नेपालमा १५ सयभन्दा धेरै स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतनसम्बन्धी सेवा दिइरहेको र नेपालमा गर्भपतन सेवालाई कानुनी मान्यता दिएपछि १३ लाखभन्दा बढी महिलाले सेवा लिएको बताउनुभयो । शनिबार ुसुरक्षित गर्भपतन सेवाप्रतिको हाम्रो प्रतिबद्धता स् कोभिड १९ को महामारीमा पनि सेवाको सुनिश्चितताु भन्ने नाराका साथ छैटौँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदै छ ।