हेटौंडा- ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जिल्ला समन्वय समिति (जिसस) को भुमिका महत्वपुर्ण रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्ला सभाको आईतबार हेटौंडामा उद्द्धाटन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले संघीयता सफल बनाउनमा जिल्ला समन्वय समितिको भुमिका महत्वपुर्ण रहने बताउनुभएको हो ।

मुख्यमन्त्री पौडेलले स्थानिय तहसंगको समन्वयको लागि पनि जिससको भुमिका महत्वपुर्ण हुने बताउनुभएको हो । मुख्यमन्त्री पौडेलले जिल्ला समन्वय समितिको सक्रियता र समन्वयमा काम गर्न प्रदेश र केन्द्र सरकारलाई समेत सहज हुने भएकाले महत्वपुर्ण भुमिका हुने बताउनुभएको हो । मुख्यमन्त्री पौडेलले प्रदेशभित्र रहेका जिल्ला समन्वय समितिको अधिकारहरु थप गर्दै लैजाने तयारी रहेको समेत बताउनुभएको छ । जिल्ला समन्वय समिति मकवानपुरले गरेका कामको प्रशंसा गर्दै मुख्यमन्त्री पौडेलले समन्वय समितिलाई बलियो बनाउनु पर्ने बताउनुभएको हो । समन्वय समितिलाई बिषेश अधिकार दिनु पर्नेमा आफु सहमत रहेको मुख्यमन्त्री पौडेलको भनाई थियो ।

फरक प्रसंगमा मुख्यमन्त्री पौडेलले प्रदेशको स्थायि राजधानी हेटौंडा नै बनाउने पक्षमा आफु रहेको बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले प्रदेश सरकार सिंह दरबारको छायाँमा नबस्ने बताउनुभयो । उपत्यकामा राजधानी नहुने भन्दै मुख्यमन्त्री पौडेलले स्थायी राजधानी बिकल्प हेटौंडा बाहेक अन्यत्र नहुने बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले प्रदेश राजधानीको विषयमा विभिन्न कुरा उठेको सन्दर्भ जोड्दै काठमाडौं उपत्यकामा राजधानी बनाउँदा सिंह दरबारको छायाँ पर्ने तर्क गर्नुभयो । त्यस्तै २५ मिटरका सवालमा उहाँले १६÷१६ मिटर कायम हुने बताउनुभएको छ । उहाँले राजमार्ग बजारबाट नहुने भन्दै बाइपासको व्यवस्था गरि १६÷१६ मिटर कायम गरिने बताउनुभएको हो । राजमार्गको हाइवे बजार क्षेत्रबाट नहुने भन्दै मुख्यमनत्री पौडेलले बजार भत्काउन नहुने बताउनुभउको छ । सडक विस्तारको विषयमा केन्द्रीय सरकारलाई जानकारी गराएको भन्दै उहाँले वाइपास बनाएर हाइवे सञ्चालन गरि बजार १६÷१६ मिटरमात्र भत्काउने बताउनुभयो । वाइपास निर्माणको लागि प्रदेश सरकारले बजेट समेत छुट्याइएको मुख्यमन्त्री पौडेलले बताउनुभएको छ ।