सरकारले बाढी र पहिरोबाट बढी प्रभावित सिन्धुपाल्चोक र बागलुङ जिल्लालाई विपत संकट ग्रस्त क्षेत्र घोषणा गरी पुनःनिर्माणको काम अगाडि बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही असोज १ गते र ६ गते बसेको बैठकका निर्णयहरू सर्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले बाढी पहिरो प्रभावित सिन्धुपाल्चोक र बाग्लुङ जिल्लामा विश्व बैंक मार्फत प्राप्त करिब ६ अर्ब रूपैयाँ बाट पुनः निर्माणको काम अगाडी बढाईने बताउनुभयो ।
मन्त्री ज्ञवालीले हाईटीमा फैलिएको हैजा बाट प्रभावितको पुनःस्थापना तथा राहतका लागि संयुक्त राष्ट्रसंघले खोलेको बहुपक्षीय कोषमा नेपालका तर्फबाट ५ हजार डलर रकम उपलब्ध गराउने बैठकले निर्णय गरको जानकारी दिनुभयो । मन्त्री ज्ञवालीले निजामती कर्मचारी टे«ड युनियनको निर्वाचन आगामी मंसिर २७ गते गर्ने गरी व्यवस्था गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरिएको बताउनुभयो । उहाँले नेपाल सरकार र इजरायल सरकारबीच श्रम सम्झौता गर्न इजरायलका लागि नेपाली राजदुतलाई अख्तियारी दिने निर्णय गरेको पनि जानकारी दिनुभयो ।