कोरोना भाइरसको महामारीका बीच इण्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ शृङ्खला संयुक्त अरब इमिरेट्समा सुरु भइसकेको छ ।  टी–२० लिगको दोस्रो खेलमा आइतबार दुबईमा दिल्ली क्यापिटल्स र किङ्ग्स इलेभन पञ्जाब खेल्दै छन् । यी दुई टिमबीचको खेल राति सवा ८ बजेपछि सुरु हुनेछ । 

यी दुवै टिम पहिलो खेलमा जित दर्ता गर्दै प्रतियोगिताको राम्रो सुरुवात गर्न चाहन्छन् र यसका लागि आफ्ना उत्कृष्ट ११ खेलाडीका साथ मैदानमा उत्रिन चाहन्छन् । दिल्लीको टिममा नेपालका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध छन् । 

दिल्लीको तर्फबाट सम्भावित ११ यस्तो छ–

शिखर धवन, पृथ्वी श, श्रेयस अय्यर, रिषभ पन्त, शिमरन हेटमायर एलेक्स केरी, मार्कस स्टोनिस, अक्षर पटेल, रवीचन्द्रन आश्विन, एनरिच नोर्तेजे, इशान्त शर्मा र कागिसो रबाडा ।  

पञ्जाबको तर्फबाट सम्भावित ११ यस्तो छ–  

केएल राहुल, क्रिस गेल निकोलस पूरन, मयङ्क अग्रवाल, ग्लेन म्यासवेल, सर्फराज शान करुण नायर, मन्दीप सिंह, क्रिस जोर्डन, के ग्वाथम, मोहम्मद शामी, शेल्डोन कोट्रेल मुबीब उर रहमान र रवी बिशोनी ।  

यसैबीच शनिबार भएको पहिलो खेलमा चेन्नई सुपर किङ्ग्सले मुम्बई इण्डियन्सलाई पाँच विकेटले पराजित गरेको थियो ।