मकवानपुर– संविधान दिवसका अवसरमा हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कार्यालयमा दिपावली गरिएको छ । पाँर्चौ संविधान दिवस (राष्ट्रिय दिवस) २०७७ को अवसरमा वडा कार्यालयले कार्यालय परिसरमा दिपावली गरेको हो ।

९ नम्बर वडा अध्यक्ष लक्षमण प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा प्रमुख आतिथि खुलालले नेपालको संविधान २०७२ जनताका संविधान भएको र यसले सबैको प्रतिनिधित्व गरेको बताउनुभयो । उहाँले लामो संघर्ष र बलिदानीबाट प्राप्त संविधानलाई संस्थागत गर्ने कार्यमा सबै लाग्नु पर्ने बताउनुभयो । उहाँले हामीले आफैद्वारा निर्माण गरिएको संविधान मार्फत आफू शासित हुने लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्दै समृद्धि प्राप्तीको उदेश्य पुरा गर्न तर्फ लाग्नुपर्ने बताउनुभयो ।