हेटौंडा– मकवानपुरमा आज ५१ जना कोरोना सङ्क्रमित थपिएका छन् । सोमबार, मंगलबार र बुधबार सङकलित स्वाब नमूनाको परीक्षण गर्दा आज हेटौंडा उपमहानगरपालिकाका ४२ सहित मकवानपुर जिल्लामा ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
आज हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रका मजदुर, कर्मचारीसहित १७ जना, हेटौंडा–९ का ९ जना, हेटौंडा–१ का ४ जना, हेटौंडा–४ का ३ जना, हेटौंडा–५ का ५ जना, हेटौंडा २ का १ जना, हेटौंडा–७ का १ जना, हेटौंडा–११ का १ जना, हेटौंडा–१३ का १ जना सङ्क्रमित थपिएको हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले जनाएको छ ।
यस्तै आजै मकवानपुरको राक्सिराङ गाउँपालिकाका ६ जना, मकवानपुरगढी गाउँपालिकाका १ जना, बकैण गाउँपालिकाका १ जना र सिन्धुली जिल्लाका एक जना सङ्क्रमित पहिचान भएका छन् । आज पहिचान भएका सङ्क्रमित मध्ये १७ जना महिला र ३४ जना पुरुष रहेका छन् ।