मकवानपुर– निजामती कर्मचारीहरूकाे आधिकारीक ट्रेड युनियन जिल्ला कार्यसमिति मकवानपुरले स्वास्थ्य सामग्री हस्तान्तरण एवम् चेनमुलक कार्यक्रम गरेर १७ औं निजामती सेवा दिवश मनाएको छ । दिवशका अवसरमा निजामती कर्मचारी आधिकारीक ट्रेड युनियन मकवानपुरले हेटौंडा–६ गौरीटार स्थित आइसोलेसनमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुका साथै कोरोना बिरुद्धको सचेतनामुलक फ्लेक्स (ब्यानर) टांगिएको छ ।

हरेक वर्ष भदाै २२ गते विविध कार्यक्रम गरेर मनाईने निजामती दिवश यो वर्ष कोरोनाको प्रभावका कारण भौतिक दुरी कायम गरेर स्वास्थ्य सामग्री हस्तान्तरण एवम् सचेतनामुलक ब्यानर लगाएर मनाईएको हो । दिवशका अवसरमा आज प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, निजामती कर्मचारी आधिकारीक ट्रेड युनियनका अध्यक्ष विष्णु प्रसाद अर्याल, उपाध्यक्ष राजकुमार अर्याल, सचिव वसन्तराज गौतमलगायतका टोलीले हेटौंडा–६ गौरीटार स्थित आइसोलेसनमा सेनीटाइजर साँढे २२ लिटर, ग्लोभ्स दुइसय जोडी, सर्जिकल मास्क एक् हजार थानलगायत फलफुल समेत प्रदान गरेको हो । टोलीले अस्पताल विकास समितिका अध्यक्ष एवम् आइसोलेसन वार्डका व्यवस्थापक प्रकाश पौडेललाई सामग्री हस्तान्तरण गरेको युनियनका अध्यक्ष अर्यालले जनाकारी दिनुभयो ।

त्यस्तै दिवशका अवसरमा हेटौंडाका विभिन्न स्थानमा जनचेतना मुलक ब्यानर लगाईएको छ । निजामती कर्मचारी आधिकारीक ट्रेड युनियनले दिवशका अवसरमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग गरेको अर्यालले बताउनुभयो । यो वर्ष “स्वच्छ र सक्षम निजामती प्रशासन, समृद्ध र सुशासन” भन्ने नाराका साथ दिवश मनाईएको छ ।