मकवानपुर– मदन भण्डारी फाउण्डेसन मकवानपुरद्धारा सञ्चालित खाद्य आदान प्रदान कार्यक्रममा सोमबार एकसय २ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । हेटौंडा–४,अटोल्यान्ड चोक स्थित कपुर कम्प्लेसमा सञ्चालित अभियानमा आज एकसय दुई परिवारलाई सहयोग प्रदान गरिएको हो ।
“हुनेले दिएर जाँउ, नहुनेले लिएर जाउँ” भन्ने उदेश्यका साथ हेटौंडा–४, अटोल्याण्ड चोक स्थित कपुर कमप्लेसमा गत सोमबारदेखि सञ्चालन गरेको अभियानमा आज आठौं दिन १०२ परिवारलाई खाद्यान्न सहयोग गरिएको फाउण्डेसनका सचिव एवम् अभियान व्यवस्थापन समितिका सदस्य आशाकाजी श्रेष्ठले जानकारी दिनुभयो । यस अघि हिजो आईतबार ९५ परिवारलाई सहयोग उपलब्ध गराईएको थियो ।