मकवानपुर– मदन भण्डारी फाउण्डेसन मकवानपुरले सञ्चालन गरेको खाद्य आदान प्रदान कार्यक्रमा आज हेटौंडा–४ का महिला दिदिबहिनीहरुले सहयोग गर्नुभएको छ । फाउण्डेसनले “हुनेले दिएर जाँउ, नहुनेले लिएर जाँउ” भन्ने उदेश्यका साथ सञ्चालन गरेकाे अभियानमा हेटौंडा–४ स्थित हरियाली टोल विकास संस्थाका महिला दिदि बहिनीहरुले देउसी भैलो खेलेर जम्मा गर्नुभएको १२ हजार बराबरको खाद्य सामग्री सहयोग गर्नुभएको हो ।
हेटौंडा–४ स्थित अटोल्यान्ड चोकमा संचालित अभियानलाई गंगा दाहालको संयोजनमा संस्थाका दिदि बहिनीहरुले अभियानका व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको हो । सहयोग हस्तान्तरण गर्दै संयोजक दाहालले हरेक वर्ष देउसी भैलो खेलेर बनभोज जाने गरेको तर अहिलेको महामारीमा थोरै भएपनि सहयोग होस भन्ने उदेश्यले खाद्यान्न हस्तान्तरण गरेको बताउनुभयो ।
त्यस्तै आजै हेटौंडा–४ कै कल्पना न्यौपानेले पितृ कर्म (श्राद्ध) गर्ने रकम सहयोग गर्नुभएको छ । उहाँले पितृ कर्म गर्ने १ हजार ५ सय ५५ बरावरको खाद्यान्न सहयोग गर्नुभएको अभियानका व्यवस्थापन समिति सदस्य एवम् मदन भण्डारी फाउण्डेसन मकवानपुरका सचिव आशाकाजी श्रेष्ठले जानकारी दिनुभयो ।