हेटाैंडा– नेपालमा पछिललाे २४ घण्टामा एक हजार ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयमा आयाेजित नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गाैतमले १२ हजार चार सय ७३ जनाको पीसीआर परीक्षण गरेकोमा एक हजार ४१ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४५ हजार दुई सय ७७ पुगेको छ ।
यस्तै आज एक हजार पाँच सय ६६ जना निको भएसँगै कोरोना सङ्क्रमण निको हुनेको संख्या २७ हजार एक सय २७ पुगेको छ । अब नेपालमा १७ हजार ८७० जना सक्रिय सङ्क्रमित छन् । यसमध्ये एक सय ६७ जना आईसीयू र २४ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै बितेको २४ घण्टामा नौ जना कोरोना सङ्क्रमितको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या दुई सय ८० पुगेको छ ।