मकवानपुर– हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कार्यालयले सम्पुर्ण वडावासीलाई कोरोना बिमा गराउन आग्रह गरेको छ । वडा कार्यालयले आज एक सुचना जारी गर्दै सम्पुर्ण वडाबासीलाई कोरोना बिमा गर्न आग्रह गरेको छ । वडामा रहनु हुने सम्पुर्ण महानु भावहरूमा कोरोना बिमा गर्न जानकारी गराउँदै ऊक्त बिमा गर्न वडाबाट सिफारिस लिनको लागि अनिवार्य रुपमा नागरीकताको फोटोकपीसहित सम्पर्क गर्न आग्रह गरिएको छ । वडाकाे सिफारीसमा ३ सय रूपैयाँमा एक लाख बराबरकाे उपचार सेवा पाउने हुँदा सबै वडावासीलाइ बिमा गराउन वडा अध्यक्ष लक्षमण प्रसाद भणडारीले अनुराेध गर्नुभएकाे छ ।

सुचना!! सुचना!! सुचना!!यस वडामा रहनु हुने महानु भावहरूमा काेराेना बिमा गर्न हुन जानकारी गरिन्छ…

Gepostet von हेटौंडा वडा कार्यालय am Donnerstag, 3. September 2020