नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको छ । नेकपा सचिवालयको आज बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निष्कर्षमा सरकार पुगेको जानकारी गराउनु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
प्रवक्ता श्रेष्ठले कोभिड १९ को बढ्दो प्रकोप तथा बाढी प्रकोपको वर्तमान सन्दर्भमा सामाजिक सद्भाव र सहिष्णुता कायम गरेर अगाडी बढ्न सबैलाई आह्वान गर्ने निर्णय पनि बैठकले गरेको बताउनुभयो । प्रवक्ता श्रेष्ठले बैठकमा यस अघि कार्यदलले बुझाएको प्रतिवेदनमा सामान्य छलफल भएको र यसमा थप छलफलपछि परिमार्जन गरी अगाडी बढिने बताउनुभयो । प्रवक्ता श्रेष्ठले उपयुक्त समयमा स्थायी कमिटी बैठक बस्ने पनि जानकारी गराउनुभयो ।