हेटौँडा- हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको रिलायन्स इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलमा अध्ययन गर्ने विद्यार्थीहरुको लागी सञ्चालन गरिएको आँखा शिविर बुधबार सम्पन्न भएको छ । शिविर गएको १७ गते शुक्रबार र २२ गते बुधबार गरि दुईदिन सञ्चालन गरिएको हो ।

विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षण अन्तर्गत आँखा परीक्षण गरिएको विद्यालयकी अतिरिक्त कृयाकलाप संयोजक सुजिता श्रेष्ठले जानकारी दिइन । हेटौँडा युवा अभियानको आयोजना र हेटौंडा सामुदायिक आँखा अस्पतालको सहकार्यमा भएको आँखा शिविरमा बुधबार कक्षा ५ देखी १० सम्मका विद्यार्थीहरुको आँखा परीक्षण गरिएको हो । बुधबारको शिविरमा कक्षा ५ देखी कक्षा १० सम्मका २ सय २० जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २४ जनामा आँखा समस्या देखिएको परीक्षणमा संलग्न सामुदायीक आँखा अस्पतालकी बरिष्ठ नेत्र साहायक रिना खड्गीले बताईन । आँखामा समस्या भएकालाई आँखा अस्पतालमा थप उचारका लागी रेफर गरिएको छ ।

शिविरमा सामुदायीक अस्पतालका सिनियर नेत्र साहायक खड्गी सहित नेत्र साहायक सबिता क्षेत्री, आँखा स्वास्थ्य सेवक इन्द्रिका चौधरी, आइ बैंक प्राविधि अमेन्द्र कुमार शर्माको सहभागिता रहेको थियो । नियमित स्वास्थ्य परीक्षणबाट विद्यार्थीहरुमा स्वास्थ्य समस्या भए पत्ता लाग्ने र समयमै उपचार गर्न सजिलो हुने भएकाले विद्यालयमै शिविरको आयोजना गरिएको विद्यालयका निर्देशक रिषभलाल श्रेष्ठले बताए । यस्तै युवा अभियान हेटौँडाका संयोजक साकार शिवाकोटी शशिले युवा अभियानले गर्दै आएको विभिन्न सामाजिक कृयाकलाप अन्तर्गत विद्यार्थीहको आँखा शिविर सञ्चालन गरिएको जानकारी दिए ।