हेटाैंडा– पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ७६८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २२ हजार १७८ पुगेको छ । 

मन्त्रालयका अनुसार मंगलबारसम्म पीसीआर विधिबाट ७ लाख ५ हजार ५६० परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा १२ हजार ८८ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ३९० जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या १८ हजार ११२ जना रहेको छ ।