क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा सन्दीप लामिछानेको टिम जमैका तालवाजले जित निकालेको छ । बिहान सकिएको खेलमा जमैका तालवाजले सेन्ट किट्स एण्ड नाभिस पेट्रियोट्सलाई ३७ रनले पराजित गरेको हो । 

यस खेलमा सन्दीपले २ विकेट लिन सफल भए । ४ ओभर बलिङ गरेको उनले २७ रन दिएर २ विकट लिएका हुन्। क्वीन्स पार्क ओभलमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेकाे जमैकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । १४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स निर्धारित ओभरको २ बल बाँकी छर्दै ११० रनमा समेटिन पुग्यो । जितसँगै जमैका तालिकाको तेस्रो स्थानमा पनि उक्लिएको छ । जमैकाका कार्लोस ब्रेथह्वाईटले तीन विकेट लिए । यस्तै नेपाली लेग स्पिनर सन्दीप, फिडेल एडवार्ड र भिरा स्वमी परमुलले २-२ विकेट लिएका छन् । सन्दीपले इभेन लुईस र इस सोढीको विकेट लिएका हुन् ।