हेटौंडा– केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालले कृषि र भेटनरी सेवा छुट्टाछुट्टै हुनुपर्ने दुग्ध सहकारी संघ नेपालले माग गरेको छ । संघले बुधबार विज्ञप्ति जारी गर्दै किसानको हितको लागि कृषि र भेटनरी सेवा छुट्टाछुट्टै हुनुपर्ने माग गरेको हो ।?दचश्रबागमती प्रदेश सरकारले कृषि र भेटनरी तथा पशु सेवाका सम्पुर्ण निकाय एवम् कार्यालयहरुलाइ एकीकृत गरि एकद्वार प्रणालीबाट सेवादिने उद्देश्यका साथ कार्य अगाडि बढाएकोमा सो कार्य अगाडि नबढाउन संघले मुख्यमन्त्री डोरमणि पौडेललाइ ध्यानाकर्षण गराएको छ । संघका केन्द्रीय अध्यक्ष नारायणप्रसाद देवकोटा र महासचिव रामप्रसाद आचार्यले बुधबार विज्ञप्ति जारी गर्दै कृषि र भेटनरी तथा पशु सेवाका कार्यहरु छुट्टाछुट्टै हुनुपर्ने बताउनुभएको छ ।
एकीकृत सेवा दिन जटिल हुने र परिणाममुखी कार्य नहुने भएकोले हाललाई एकीकृत सेवा दिने कार्य अगाडि नबढाउन विज्ञप्तीमा उदल्लेख गरिएको छ । कृषि र भेटनरीको एकीकृत सेवा दिंदा आर्थिक र सामाजिक क्षेत्र उकास्ने गरेको अपेक्षा र आत्मनिर्भरता समेतको लक्ष्य पुरा नहुने हुँदा यसलाइ अझ व्यवस्थित गर्नुपर्ने कुरा विज्ञप्तिमा उल्लेख छ । उहाँले कृषि र भेटनरी सेवालाइ छुट्टाछुट्टै रुपमा अझ प्रभावकारी र व्यवस्थित बनाउन समेत अनुरोध गर्नुभएको छ ।