मकवानपुर– मकवानपुरमा आईतबार (आज) थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आईतबार प्राप्त रिपोर्ट अनुसार ४ जना महिला र १२ जना पुरुष गरि थप १६ जनामा संक्रमण पुष्टि भएको हो ।
आईतबार संक्रमण पुष्टि भएकाहरु ९ देखि ९३ वर्ष सम्मका रहेको र उनिहरु सबै हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो । आज हेटौंडा–५ का ५ जना, हेटौंडा–१० र हेटौंडा–४ का ३/३ जना, हेटौंडा–९ र हेटौंडा–११ का २/२ जना र हेटौंडा–८ का १ जनामा संक्रमण पुष्टि भएको चौलागाईले जानकारी दिनुभयो । आज सार्वजनिक गरिएको नतिजा गत साउन ३२ गते, र भाद्र १ र २ गतेकाे छुटपुट बाँकी रहेका तथा थप स्वाब संकलन भएका ९३ मध्ये १६ जनामा संक्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।