हेटाैंडा– थप ६३४ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ३१ हजार १ सय १७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज काठमाडौँ जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् ।

यस्तै पर्साका ५९ जना, मोरङका ५२, सिराहाका ३५, मकवानपुरका ३२, सुनसरीका ३१, बाँकेका २८, चितवनका २७, रुपन्देहीका २३, झापाका १७, कास्कीका १६, कपिलवस्तुका १५, कैलालीका १४ र बाराका १० जनामा संक्रमण देखिएको छ । यस्तै बर्दियाका ७, सल्यानका ६, दोलखाका ४, भोजपुर, धनुषा, रौतहट, सप्तरी, काभ्रे, नवलपुर र नवलपरासीका ३र३ जना, धादिङ, नुवाकोट, तनहुँ, जुम्ला र सुर्खेतका २र२ तथा इलाम, संखुवासभा, महोत्तरी, सर्लाही, सिन्धुली, बाग्लुङ, स्याङ्जा, पाल्पा, प्युठान, रोल्पा, डडेलधुरा र डोटीका १र१ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार आज १३६ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १८ हजार ३ सय ५० जाना रहेको छ भने मृत्यु हुनेको संख्या १४६ जना पुगेको छ ।