मकवानपुर– मकवानपुरमा शनिबार २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार बिहान प्राप्त रिपोर्ट अनुसार हेटौंडा उपमहानगरपालिका क्षेत्रका १२ जना, मनहरी गाउँपालिकाका ८ जना र मकवानपुरमा कार्यरत बाँकेका १ र नुवाकोटका २ जना प्रहरी कर्मचारी गरि थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज सार्वजनिक भएको नतिजा अनुसार हेटौंडा–१० का ६ जना, हेटौंडा–५ का १ जना, हेटौंडा–७ का १ जना, हेटौंडा–९ का १ जना, हेटौंडा–४ का २ जना, हेटौंडा–२ का १ जना रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो । हिजो शुक्रबारको नतिजामा हेटौंडा उपमहानगरपालिका भित्रका २८ जनालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो ।
त्यस्तै आज मनहरी गाउँपालिका–७ का सात जना र वडा नम्बर ८ का एक जनामा गरि ८ जनामा र मकवानपुरमा कार्यरत बाँकेका १ र नुवाकोटका २ जना प्रहरी कर्मचाीमा गरी आजमौ थप २३ जनामा कोरोना पुष्टि भएको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताउनुभयो । आज सार्वजनिक गरिएको नतिजा गत साउन ३२ गते र भदौ १ गते संकलन गरिएको स्वाबको भएको उहाँले जानकारी दिनुभयो ।
