फाइल तस्विर

नेपाल सरकारले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)मा सेयर वृद्धि गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अहिले सरकारको आफ्नो सेयर नघट्ने गरी थप शेयरमा लगानी गर्ने निर्णय गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयाे । आईएफसी विश्व बैंक समुहअन्तर्गत रहेका ६ वटामध्ये एक निकाय हो । यसले खासगरी विश्वभर निजी क्षेत्रमा ऋण लगानी प्रवाह गर्छ । यो वर्ष कोरोना भाइरसको संक्रमण र यसले अर्थतन्त्रमा पार्ने प्रभाव न्यूनिकरण गर्न विश्व बैंक र आइएफसीले द्रुत वित्तीयकरण प्याकेज ल्याएका थिए । यसको अंक १४ अर्ब अमेरिकी डलर रहेको छ ।