मकवानपुर– मकवानपुरमा मंगलबार साँझ थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंका अनुसार १ जना बैंकका कर्मचारी र १ जना स्वास्थ्यकर्मीलाइ संक्रमण पुष्टि भउकाे हाे । आज दिउँसो मात्र मकवानपुरमा स्वास्थ्यकर्मी,र कर्मचारीसहित २६ जनामा कोरोना देखिएको थियाे । जसमध्य हेटौंडा नगरका मात्रै १८ जना रहेका छन् ।