सिन्धुपाल्चोककाे जुगल गाउँपालिका–२ लिदीमा गत शुक्रबार बिहान गएकाे पहिरामा बेपत्ता भएकामध्ये थप दुईको कोे शव भेटिएको छ । यस अघि २२ जनाको शव भेटिएकोमा १५ अझै बेपत्ता छन । पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए ।

आज ७२ बर्ष कि महिला शिर माइ दोङ्गको र एक जना महिलाको शवको पहिचान हुन बाँकी रहेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । यो संगै पहिरामा ज्यान गुमाउने २४ पुगेका छन् । शव फेला परिएकोमध्ये १३ जना पुरूष र ११ जना महिला रहेका छन । त्यसमध्ये १२ जना बालबालिमा मात्रै रहेका छन । पहिरामा हराइरहेकाहरूको खोजीमा नेपाली सेना, नेपाल प्रहरी गरि ६६ जना र स्थानीयबासीहरू जुटेका छन । एक्साभेटर ल्याउन सकिने अवस्था नरहेकोले पिक, साबेल र कोदालोका भरमा खोजी कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।