नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०२ पुगेको छ । सबैभन्दा धेरै प्रदेश नम्बर २ मा ४४ कोरोना संक्रमितकाे मृत्यु भएको छ । प्रदेश नम्बर १ मा ९ जना, बागमती प्रदेशमा १८ जना र गण्डकी प्रदेशमा ६ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

त्यस्तै प्रदेश ५ मा १३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमा ८० पुरुष र २२ महिला छन् । नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।