मनहरी–मनहरी गाउँपालिकाले आगामी भदौ ९ गतेसम्म मनहरी गाउँपालिकाभित्रका सबै पसल तथा व्यवसाय बन्द गर्न निर्देशन गरेको छ । गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको शनिबार बसेको बैठकले स्वास्थ्य सेवा प्रबाह गर्नेबाहेक सबै पसलहरु बन्द गर्न भनेको हो ।

बैठकले आइतबारबाट कडिकडाउ रुपमा निषेधाज्ञा कार्यान्वयन गर्ने निर्णय गरेको छ । निषेधाज्ञाका बेला हिँडडुल गरेमा वा व्यापार गरेको पाइएमा सरुवा रोग नियन्त्रण ऐन बमोजिम कारबाही अघि बढाउने निर्णय समितिले गरेको छ । साथै मर्निङ वाक लगायत गतिविधिहरुमा पनि समितिले रोक लगाएको र अटेर गरेमा कारबाही सुरु गरिने समितिका समेत अध्यक्ष रहनु भएका गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो ।