कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै गएपछि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९, नम्बर वडा कार्यालयले वडा भित्र थप थप कडाइ गर्ने भएको छ । वडामा कोरोना संक्रमण बढ्दै गएपछि शुक्रबार सरोकारवालासहित बसेको बैठकले भोली देखि थप कडाई गर्ने निर्णय गरेको हो ।
वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको अध्यक्षतामा बसेको बैठकले कोरोना माहामारी नियन्त्रणका लागि सतर्कता अपनाउँदै कडाइका साथ निगरानी बढाउने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा थप फैलिन नदिन प्रशासनद्धारा जारी गरिएको निषेधाज्ञासंगै वडा स्तरमा थप निगरानी र सर्तकता अपनाउने निर्णय भएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
त्यसकालागि शनिबारदेखि खाद्यान्न पसल बिहान तिन घण्टा मात्र संचालन गर्न दिने साथै अनावश्यक हिडडुल गर्न नदिने उहाँले बताउनुभयो । उहाँले अनावश्यक रुपमा बाहिर ननिस्कन तथा निस्कनै परेमा अनिवार्थ मास्कको प्रयो गर्न समेत आग्रह गर्नुभएको छ । अध्यक्ष भण्डारीका अनुसार वडा भित्रका खाद्यान्न पसलहरु बिहान ६ बजेदेखी ९ बजेसम्म मात्र सञ्चालन गर्न दिने, अतिआवश्यक (औसधि पसल) लगाएत तोकिएका बाहेक अन्य पसलहरु पुर्णरुपमा बन्द गराउने निर्णय भएको उहाँले बताउनुभयो । त्यसका लागि वडामा रहेका २४ टोल बिकास सस्थालाइ आवस्यक निगरानी तथा समन्वयका लागि निर्देशन समेत दिईएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।