हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल सहितको टोली सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदी बस्तीको स्थलगत निरीक्षणमा पुग्नुभएको छ । लिदीमा शुक्रबार गएको पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित मुख्यमन्त्री डोरमणि पौडेलसहितको टोली पुगेको हो ।
मुख्यमन्त्री पौडेलसहित प्रदेशका मन्त्रीहरु अरुण नेपाल, युवराज दुलाल, प्रदेशको प्रमुख सचिव डा. मान बहादुर बिक, अर्थ तथा विकास समितिका सभापति शरेस नेपाल, प्रदेश प्रहरी प्रमुख लगायत टोली लिदी बस्तीमा गएको हो । टोली राहत सामाग्री, स्वास्थ्य सामाग्री र अत्यावश्यक सामाग्री लिएर जुगल गाउँपालिकाको लिदी बस्तीमा पुग्नुभएको हो ।