मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको पाँचौ जिल्ला सभा आईतबार सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको अध्यक्षता एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा जिल्ला सभा सम्पन्न भएको हो ।

जिल्ला सभाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको कार्य शैली प्रशंसनिय भएको बताउनुभयो । उहाँले जिल्ला समन्व्य समितिले संघ, प्रदेश र स्थानीय तह बिचमा पुलको काम गरेको भन्दै जिससको कामको प्रशंसा गर्नुभयो । संघ, प्रदेश र स्थानीय तहमा आफ्नो भूमिका स्थापित गरेर जिल्ला समन्वय समिति मकवानपुरले संविधानले दिएको अधिकार भन्दा बढी कार्य गरेको मुख्यमन्त्री पौडेलको भनाई थियो । उहाँले बागमती प्रदेशमा रहेका समन्वय समितिहरुमध्ये जिल्ला समन्वय समिति मकवानपुर ऊर्जाशील र गतिशील रहेको समेत बताउनुभयो । मुख्यमन्त्री पौडेलले जिल्ला समन्वय समितिको अधिकार र क्षेत्र संविधानले तोकेपनि आफ्नो भूमिका आफैंले खोजेर स्थापित गर्नुपर्ने समेत बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले आफ्नो भूमिका स्थापित गरेर जिसस मकवानपुरले जबर्जस्त कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले स्थानीय तहको बेरुजु फछ्र्यौट बारे छलफल हुनुपर्ने बताउनुभयो । उहाँले संघीय सरकारको बेरुजु फछ्र्यौट हेर्ने छुट्टै निकाय भएको, प्रदेशको पनि लेखा समिति भएको तर स्थानीय तहको भने महालेखा परीक्षकले बेरुजु निकाल्ने तथा त्यतिकै छाड्ने हुँदा स्थानीय तहमा बेरुजु हेर्ने निकाय खडा हुनुपर्ने बताउनुभयो । यसले सुशासन कायम गर्ने सांसद खतिवडाले विश्वास व्यक्त गर्नुभएको छ ।
जिल्ला समन्वय समिति मकवापनुरका प्रमुख रघुनाथ खु्लालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य कुमारी मोक्तान, मुनु सिग्देल, प्रेम बहादर पुलामी, जुनेली श्रेष्ठ, प्रदेशका प्रमुख सचिब डाक्टर मानबहादुर विके, जिल्ला समन्वय समिति मकवापुरका उपप्रमुख भगवती पुडासैनी, नेपाली काग्रेश मकवानपुरका कार्यबाहक सभापति विष्णु प्रसाद लामिछाने, राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारी, थाहा नगरपालिकाका मेयर लबशेर विष्ट, बकैयाँ गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण कटुवाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, उद्योगसंघ मकवानपुरका अध्यक्ष लेखराज पोख्रेल लगायतकाले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

जिल्ला सभामले जिल्ला समन्वय समितिको आगामी नीति कार्यक्रम तथा बजेट समेत पास गरेको छ । जिल्ला सभाका अवसरमा मकवानपुरका दश वटा स्थानीय तह मध्ये उत्कृष्ट काम गर्ने तीन वटा स्थानीय तहलाई सम्मान समेत गरिएको थियो । जिल्लामा उत्कृष्ट कार्य गर्ने थाहा नगरपालिका पहिलो, इन्द्रसरोवर गाउँपालिका दोश्रो र मकवानपुरगढी गाउँपालिका तेस्रो भएको छ । उनिहरुलाई मुख्यमनत्री पौडेलले प्रमाणपत्रद्धारा सम्मानित गर्नुभएको थियो ।

जिल्ला सभाका अवसरमा मुख्यमन्त्री पौडेलले जिल्ला समन्वय समिति, मकवानपुरले सम्पादन गरेको विविध विकास गतिविधिहरु र १० वटै पालिकाहरु तथा संघ संस्थाहरुबाट भए गरेका कार्यहरुको संक्षिप्त सूचना÷तथ्यांङ्कहरु समेटेर प्रकासन गरिएको “मकवानपुर” नामक पुस्तक समेत सार्बजनीक गर्नुभएको थियो ।














